काठमाडौं । एनसेलको कर विवाद मुद्दाको वृहत पूर्ण इजलासको नेतृत्व गरेका न्यायाधीश तेजबहादुर केसीले पूर्ण पाठमा आउनु पर्ने कुरा अखबारको लेख बनाएपछि सर्वोच्च न्यायालयको न्याय सम्पादन मै प्रश्न उठेको छ ।

इजलासमा सहभागि न्यायाधीश केसीले अन्नपूर्ण पोष्ट (२०७६ साल भदौ १७ पृ.७ )मा बकाइदा ‘एनसेल, अदालत र प्रतिक्रिया’ शीर्षकको दृष्टिकोण अर्थात् लेख लेखेका छन् । जुन लेखमा साप्ताहिक पत्रिकामा आएका समाचारदेखि अनलाइन पत्रिकामा आएका समाचार र पूर्वन्यायाधीशले गरेको टिप्पणीलाई खण्डन गर्न खोजिएको छ भने, झट्ट हेर्दा अदालतकै फैसला जस्तो छ । केही टिप्पणीकारले त न्यायाधीशले पूर्ण जारी गर्ने चलन फेरिएको हो कि क्या हो ? पत्रिकाबाट पूर्णपाठ आउन थाल्यो भनेका छन् ।

यस्तै, आलेखको भाषाले न्यायाधीशले आफ्नो फैसलाको बचाउ अर्थात प्रतिरक्षा गर्न खोजेको कुरा बोलेको छ । यसैविषयलाई लिएर रिट निवेदकले ५ वटा गम्भीर प्रश्न उठाएका छन् । ती प्रश्नसहितको चिठ्ठी आफुहरुले अन्नपूर्ण पोष्टका सम्पादकलाई पनि लेखेको रिट निवेदक मध्येका एक पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले बताए ।

अन्नपूर्णका सम्पादकलाई  ढुङ्गेल, सुकदेव भट्टराई खत्री, डा. सुरेन्द्र भण्डारी र ज्ञानेन्द्र शाहीले संयुक्त चिठ्ठी पठाएका हुन् ।

यस्ता छन्, न्यायाधीश केसीले लेखेको आलेखपछि उठाइएका प्रश्नः
१. उपरोक्त लेखका लेखक श्री तेज बहादुर केसी सर्वोच्च अदालतमा कार्यरत न्यायाधिश मात्र होइनन् उनको नेतृत्वमा नै सर्वोच्च अदालतको बृहत पूर्ण इजालासबाट यहि भाद्र ९ गते सम्माननीय प्रधान न्यायाधिश श्री चोलेन्द्र शम्शेर राणाले नेतृत्व गरेको बृहत पूर्ण इजलासको निर्णय प्रतिकूल हुने गरी कर निर्धारणका क्रममा ऐनसेलाई आएकर ऐन, २०५८ को दफा १२० (क) अनुसार शुल्क नलाग्ने आदेश जारी भएको छ । यसरी आदेश जारी गर्ने इजलासको संयोजन गर्ने न्यायाधिशले आप्mनो इजलासबाट भएको निर्णयको बचावट हुने गरी लेख प्रकाशित गर्नु न्यायाधिशको आचार संहिता सँग मेल खान्छ ? यस्तै गरी भोली अन्य न्यायाधिशले पनि आफ्नो फैसलाको बचावट गर्दै लेख लेख्दै गए भने मुलकको न्यायपालिकाको इज्जत कहाँ पुग्ला र न्याय सम्पादनको परिपाटी कता पुग्ने होला ? यस सम्बन्धमा प्रधान न्यायाधिस एवं सिङ्गो न्यायपालिकाको के दृष्टिकोण छ ?

२. लेखको सिरदेखी पुछारसम्म पढदा तेजबहादुर केसीज्युको लेख, लेख हो कि न्यायालयको इजलासको अर्को आदेश हो छुटयाउन सकिने अवस्था रहेन । केसीज्युले जुन कुराहरु लेखमा उल्लेख गर्नु भएको छ, ति सवै न्यायाधिश केसीले संयोजन गरेको इजलासको फैसलाको पूर्ण पाठमा पर्नु पर्ने हो कि लेखमा, के हो ?

३. ठूला करदाता कार्यलयबाट निर्धारण भएको कर रकम ने. रु. ६२ अरब ६३ करोड ऐनसेललाई चित्त बुझेको थिएन भने, उसलाई आएकर ऐन २०५८ को दफा ११४, ११५ र ११६ का प्रावधानहरु पालना गर्न किन लगाइएन् ? सो पालना गराउने तर्फ नलागी अदालत किन असाधारण अधिकार क्षेत्रमा प्रवेश ग¥यो ? साथै इजालासले आफै क्यालकुलेटर चलाउन मिल्ने हो वा होइन ? साथै न्यायाधिस केसीले लेखमा “अब एनसेलले करिब २१ अर्ब १० करोडजति र प्रस्तुत निवेदन परेयताको थप शुल्क र ब्याजसमेत गरी हुने रकम एनसेल प्रालिले तिर्नुपर्ने हुन्छ । यो भुक्तानीपछि एनसेलले करबापत ४४ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा तिरेको हुनेछ” भनि जुन हिसाब सहितको तथ्य लेखमा उल्लेख गर्नु भएको छ सो तथ्य भदौ ९ गतेको आदेशमा परेको छैन । यस्तो अवस्थामा के श्रीमान केसीलाई आदेशमा नभएको तथ्य पत्रिकामा लेख मार्फत छापि घोषणा गर्ने वा रुलिङ्ग गर्ने अख्तियारी हुन्छ ? यो कुन विधिशास्त्र, अदालती प्रक्रिया, कानून र सिद्धान्त भित्र पर्दछ भन्ने कुरा प्रस्ट परियोस ।

४. २०७४ साल पौष ३ गते एनसेलको लाभान्स विदेश लान अवरोध नगर्नु नगराउनु भनी आदेश जारी गर्ने न्यायाधिश श्री डम्वर बहादुर शाहीलाई समावेश गरी लेखकको इजलासले भाद्र ९ मा जारी गरेको आदेश कानून सम्मत छ ?

५. न्यायाधिशले आफैले गरेको फैसलाको बचावट पत्रिका मार्फत गर्ने परिपाटी नेपाल बाहेक अन्य कुनै मुलुकमा छ कि ? जानकारी पाउन सक्दथ्यौं कि ?
यस्तै, रिट निवेदकले इजलासमा बसेका न्यायाधिशबाट यस प्रकारको लेखवाजी भएकोमा सर्वाेच्च अदालत तथा प्रधान न्यायाधीशबाट जवाफ मागेका छन् ।

न्यायशास्त्र विपरीत आफ्नै फैसलाको प्रतिरक्षा : आचार कुल्चिदैँ अखबारमा ‘श्रीमान’को लेख

समाचारमा ढुंगेलको प्रतिक्रिया
पोष्ट दैनिक डटकममा प्रकाशित ‘न्यायशास्त्र विपरीत आफ्नै फैसलाको प्रतिरक्षा : आचार कुल्चिदैँ अखबारमा ‘श्रीमान’को लेख’ शीर्षकको समाचारमा पूर्वप्रशासक ढुंगेलले प्रतिक्रिया लेखेका छन् ।

उनले नेपालको न्याय प्रणाली कता जान लागेको हो भनी चिन्ता प्रकट गरेका छन् । त्यति मात्रै नभई उनले विक्रम संवत २०१०–२०२० को दशकमा नेपालको न्यायपालिकामा न्यायाधीश रहेका एवं अमेरिकाको एल विश्वविद्यालयबाछ कानूनमा स्नातकोत्तरतहको परीक्षा विशिष्ट श्रेणीमा उत्तिर्ण गरी अन्तर्राष्ट्रिय निकायमा लामो समयसम्म काम गरेका ८४ वर्षीय भुवनेश्वर दैवज्ञको चिन्तालाई पनि प्रतिक्रियामा उदृत गरेका छन् ।

दैवज्ञले यो आर्टिकलबारे अंग्रेजीमा टिप्पणी गर्दै चिन्ता जाहेर गरेका छन् । पूर्वन्यायाधीश दैवज्ञले अनौठो महसुस गर्दै नेपाललाई भगवानले बचाओस् भनी शुभेच्छा प्रकट गरेका छन् ।

हेरौँ ढुंगेलको प्रतिक्रिया