(साउन २४,  काठमाडौं) । संगीता श्रेष्ठले निर्देशन गरेकी फिल्म ‘कथा काठमाण्डु’को जुन अनी तारा’ बोलको गीत सार्वजनिक भएको छ ।

सुगम पोखरेलको स्वररहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द रहेको छ । असोजको १२ गतेबाट रिलिज हुने चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । लुजा सिंहको छायांकन गरेको फिल्मलाई मित्र गुरुङले  सम्पादन गरेका छन ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।