श्रीनारायण सिंहले  निर्देशन गरेको चलचित्र ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर सार्वजनिक भएको छ ।

भारतको उत्तराखण्डमा छायाँकंन गरिएको फिल्ममा अभिनेता शाहिद कपूर, श्रद्धा कपूर र यामी गौतम रहेका छन् । शाहिद कपूर र श्रद्धा कपूरको जोडी दोस्रो पटक दर्शकमाझ आइरहेको छ । यसअघि फिल्म ‘हैदर’ मा यो जोडी देखिएका थिए । अर्की अभिनेत्री यामी गौतम पहिलो पल्ट यी दुवैको साथमा काम गरेकी छिन् ।

सन् २०१८ को सेप्टेम्बर २१ मा प्रदर्शन हुने यस फिल्ममा बिजुलीको बिलको लडाईँ घरदेखि सुरु भएर अदालतसम्म जान्छ र अभिनेता शाहिद कपूर त्यस मुद्दाको वकालतमा उत्रिएका छन् ।