चितवन-पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ।
भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४:४० बजे सो दुर्घटना भएको हो ।
सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो। बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका वडा नं २१ निवासी मिजार सोही विद्यालयमा नर्सरीमा अध्ययनरत् थिइन्।