काठमाडौं- मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत नेपालले हङकङसँग भिडिरहेको छ। टस जितेर ब्याटिङ्ग थालेको नेपालले युकेएम ओभर मैदानमा ७ विकेट गुमाएको छ।

नेपालका ओपनर सुवास खकुरेल पहिलो बलमै रनमै आउट भए भने आठौँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्का आउट भए। उनले २९ बलमा १४ रन बनाउन भ्‍याए।

यस्तै नेपालका दिपेन्द्र सिंह ऐरीले दुई रन, उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रन र अनिलकुमार साहले १५ रन बनाएर आउट भए भने सागर पुनले सात रनमै आउट भए। यता, सोमपाल कामीले भने रन नै नबनाइ आउट भए ।

हङकङका तनवीर अफजल र मोहम्मद अजिज खानले दुई दुई विकेट लिए। यस्तै एहसान नवाज, एहसान खान र नदिम अहमदले एक एक विकेट लिए। नेपाललाई एसिया कपमा छनौट हुनका लागि चुनौती रहेको छ।