काठमाडौँ-महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ।
दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए।
यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।