काठमाडौं-  ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन अाज (बुधबार) बंगलादेश जाने भएका छन् । बंगलादेशले अायाेजना गर्न लागेकाे ‘इनर्जी एन्ड पावर विक’ मा भाग लिन सरकारी ५ सदस्यीय टालीका साथ उनी ३ दिने भ्रमणमा जान लागेका हुन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र आफ्ना समकक्षी नसरुल हमिदसंँ द्विपक्षीय भेटवार्ता तथा छलफल हुने कार्यक्रम छ ।

गत साउन २५ गते नेपाल र बंगलादेशबीच ‘इनर्जी को-अपरेसन’ मा समझदारी भएकाे थियाे । मन्त्री पुनकाे यसपटकको भ्रमणमा यस क्षेत्रमा थप सहकार्य गर्नेबारे समेत छलफल हुने छ ।