काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एकहप्ता सरेको छ । विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण भन्दै भदौ २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको छ ।