एजेन्सी -जापानमा आज भूकम्प गएको छ । उत्तरी द्वीप होक्काइडोमा बिहिबार ६.७ तीब्रताको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।अमेरिकी भूगर्भविद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाटद ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा पर्छ ।

अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको छ ।

होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ भने होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ । विजुली पनि बन्द भएको छ ।