काठमाडौं-साफ च्याम्पियनसीप फुटबलअन्तर्गत बङ्गलादेशको ढाकामा जारी खेलमा बंगलादेशविरुद्ध नेपाल १–० गोलले अगाडि छ।
नेपालका लागि बिमल घर्ती मगरले फ्री किकमार्फत पहिलो हाफको ३३ औं मिनेटमा गोल गरे।
विमलको प्रहार बंगलादेशको गोल किपरको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो।
समूह चरणको अन्तिम खेलमा सेमिफाइनल प्रवेशका लागि नेपाल यो खेल जित्नै पर्ने दवाब छ। यो खेल जितेमा नेपाल अघिल्लो चरण प्रवेश गर्नेछ।
यसअघि नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।