एजेन्सी- अफ्रिका कप अफ नेशन्स २०१९ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा इजिप्टले नाइजरलाई ६–० ले पराजित गरेको छ । सुुरुवात भने उसले खराव गरेको थियो । पहिलो मिनेटमा पाएको पेनाल्टिमा मोहमद सलाहले गोल गर्न सकेनन् ।

लिभरपुलका समेत स्टार सलाहले पहिलो मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्न नसके पनि लगत्तै मार्वान मोहसेनलाई गोलका लागि सहयोग गरे । एइमान अशराफले इजिप्टका लागि गोल गरे ।

त्यसपछि पनि इजिप्टले पेनाल्टी पायो र सलाहले नै प्रहार गरे तर त्यो पनि गोल भएन । त्यसपछि उनले एक गोलका लागि सहयोग गरे र दुई गोल गरे । अन्ततः इजिप्टले नाइजरलाई ६–० ले हरायो ।