चितवन- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या अभियोग लागेका छविलाल पौडेलसहित १२ जनालाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ।
आइतबार मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिने फैसला गरेको हो।
यस्तै सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सिता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायतका रहेको जिल्ला अदालतका चितवनले जानकारी दिएको छ।

छविलाल पौडेल
एक प्रतिवादी रुद्र आचार्य भने फरार रहेका छन्।उनी आयरल्याण्डमा रहेकाले पछि फैसला हुनेछ।
यता, चितवन जिल्ला अदालतको फैसला सुनेर बीर अस्पतालमा उपचारार्थ रहेकी गंगामायाले यसबाट आफू निक्कै निराश भएको प्रतिक्रिाय दिएकी छन्। उनले भनिन्, ‘ अदालतको यो फैसलाले ममाथि झन अन्यायको बीजा रोपण भयो। नेपालको सबै नियकाबाट न्याय र सत्य मरिसक्यो। अब कसैको आश गर्दिन। बरु फेरि अनसन बसेर प्राण त्यागिदिन्छु।’
झण्डै ६ वर्षअघि पति नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीसहित छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाहीको माग राख्दै अनशन बसेपछि गिरफ्तार भएका उनै छविलाललाई चितवन अदालतमै जमानतमा रिहा गरेको थियो।त्यस लगत्तै भएको अनशपछि तीन सय ३१ औं दिनमा नन्दप्रसाद प्राण त्यागेका थिए।