काठमाडौं- साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल मालदिभ्ससँग भिड्ने भएको छ । बुधबार हुने सेमिफाइनलमा नेपालले समूह बीको उपविजेता मालदिभ्सलाई प्रतिस्पर्धी पाएको हो ।
नेपाल समूूह ए को विजेताका रुपमा साफमा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतले मालदिभ्सलाई २–० ले पराजित गरेपछि मालदिभ्सको समूह बिजेता मात्रै टुंगिएन, साफको यात्रा नै धरापमा परेको थियो ।
बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले भारतका लागि पहिलाे गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह ए को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।
श्रीलंका र माल्दिभ्स दुवै टिमले भारतसँग समान दुई गोलको अन्तरमा हारेका कारण दुवै समान स्थितिमा थिए । समूह उपविजेताकाे निर्धारण टसबाट भएकाे थियाे । टस जित्दै सेमीफाइनलमा मालदिभ्सले स्थान बनायाे ।
मालदिभ्स र श्रीलंकाको सम्मान एक अंक र सम्मान गोलअन्तर भएपछि ट्रसमा मालदिभ्सको भाग्य चम्कियो र नेपालसँगको भेट पक्का भयो ।
यसअघि पाकिस्तानसँग हारेको नेपाल भुुटान र बंगलादेशलाई हराउँदै समूूह ए को विजेताका रुपमा सेमिफाइनल पुुगिसकेको छ ।