काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ आज गर्दैछ । आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्ने उजुरकर्तासँग छलफल गरेको समितिले सोमबार सुनुवाइ गर्न लागेको हो ।
समितिले बिहान ९ बजे सुनुवाइका लागि मिश्रलाई बोलाएको छ । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशलाई सोमबार बिहान ९ बजे सुनुवाइका लागि बोलाइएको जानकारी दिए ।
समितिमा मिश्रविरुद्ध तीन उजुरी विचाराधीन छन् । जसमा एक उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरलाको मुद्दाको विषय उठाइएको छ । सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ ।
समितिले प्रस्तावित पदाधिकारीलाई दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्न सक्नेछ ।