काठमाडौं-अक्टोबरमा यूएईमा आयोजना हुने अफगानिस्तान प्रिमियर लिग एपीएलमा नेपालका सन्दीप लामिछाने पनि खेल्ने भएका छन् ।
दुबईमा सोमबार भएको अक्सनमा सन्दीपलाई नान्गहार क्लबले लिएको हो । आईपीएलमा दिल्लीबाट खेलेका सन्दीप पछिल्लो समय सीपीएल पनि खेलेका थिए ।
एपीएलमा नेपालबाट सन्दीपसहित कप्तान पारस खड्का र सोमपाल कामी पनि ड्राफ्टमा रहेका थिए ।तर पारस र सोमपाललाई भने कुनै पनि टिमले लिएनन् । सन्दीपलाई एशोसिएट राष्ट्रबाट अनुबन्ध गरिएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटेगोरीमा राखिएको छ । आयोजकले क्याटेगोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ।
प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म यूएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।