एजेन्सी-  रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेशन्स लिग अन्तर्गत इटालीलाई एक शून्यले हराएको छ । गत विश्वबपमा छनोट नै हन नसकेको इटाली यो लिगबाट पनि समूहचरणबाटै बाहिरिएको छ ।

सोमबार राति भएको समूह चरणको खेलमा पोर्चुगलको जितमा एकमात्र गोल आन्द्रे सिल्भाले गरे । रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले ब्यक्तिगत कारणले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने बताएका थिए ।

जसका कारण नियमित कप्तान विना नै मैदानमा उत्रिएकोथियो । पहिलो हाफ गोलरहित बराबरी खेले पनि पोर्चुगलका लागि ४८ औं मिनेटमा सिल्भाले ब्रुमाको क्रसमा गोल गर्दै टिमलाई अग्रता दिलाए । हारपछि इटली समूह चरणबाट बाहिर भएको छ ।