काठमाडौं- नयाँ रेडर्क बनाएर केहिदिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि अकासिएको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेको थियो । तर मंगलबार बढेर १ सय १६ रुपैयाँ २३ पैसा पुुगेको छ । यो हालसम्मकै बढि हो ।
१ सय १५ रुपैयाँ ४८ पैसाको रेकर्ड कायम गरेपछि केहि दिन देखि डलरको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र विक्रिदर १ सय १६रुपैयाँ २३ पैसा रहेको छ ।
अमेरिकी डलरको भाउ बढ्दा नेपालमा पनि यसको असर देखिन थालेको छ । डलरको भाउ बढेकै कारण भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढेको छ । भारतीय नोटसँग नेपालको स्थिर दर कायम हुँदा भारतसँगै नेपालमा पनि असर देखिने गरेको छ ।
विदेशबाट पैसा पठाउनेलाई फाइदा भएपनि नेपालले आयात गर्ने वस्तुको मूल्य भने बढि पर्छ ।