एजेन्सी- स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन क्लब एसोशियसन (इसीए) द्वारा सन् २०१८ को उत्कृष्ट युरोपियली क्लब घोषित भएको छ । उक्त अवार्ड रियललाई इसीएको महासभाका दौरान प्रदान गरिएको थियो ।
रियलले पछिल्लो बर्ष यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै आर्सनल र चेल्सी फुटबल क्लबले उत्कृष्ट महिला फुटबल क्लबको उपाधि पाए । १३ पटकको यूईएफए च्याम्पियन्स लिग विजेता रियलले युइएफए कपको उपाधि दुई पटक जितेको थियो भने चार पटक युईएफए सुपर कपको उपाधि जितेको छ ।
विश्वव्यापी प्रतियोगिता मध्यमा अन्तर्राष्ट्रिय कपको उपाधि तीन पटक जित्दा रियलले तीन पटकनै फिफा क्लब विश्व कपको उपाधि जितेका छ । घरेलु प्रतियोगिता मध्येमा ३३ पटकको ला लिगा विजेता रियलले १९ पटक कोपा डेल रे को उपाधि जितेको छ । त्यस्तै १० पटक सुपरकोपा डे स्पानिया तथा एक-एक पटक कोपा इभा डुआर्टे र कोपा डे ला लिगाको उपाधि जितिसकेको छ ।
रियल यस सिजन भने स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि सोहि सफलता दोहोर्याउन आतुर छ । क्लबले यसै सिजन जुलेन लोपेटेगुईका रुपमा नयाँ प्रशिक्षक पनि भित्र्याएको छ । रियलले हालसम्म लिगको तीन चरणको खेल सकिँदासम्म कुनै खेलमा अंक गुमाएको छैन ।