काठमाडौं- नेपाल साफ च्याम्पियनसिपमा मालदिभ्ससँग ३-० गोलले पराजित भएको हो। बंगलादेशमा जारी १२ औं संस्करणको सेमिफाइनलमा बुधबार नेपाल पराजित भएपछि फेरी सेमिफाइनलबाटै बाहिरिएको हाे ।
नेपाल हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन। खेलकाे नवाै मिनेटमा पछि परेकाे नेपालले दाेश्राे हाफमा दुई गाेल खायाे ।
साफ च्याम्पियनसिपमा नेपालले मालदिभ्सलाई हालसम्म हराउन सकेको छैन। मालदिभ्स पाँचौंपटक साफमा फाइनल पुगेको हो । यसअघि एक पटक विजेता बनेकाे थियाे भने तिनपटक उपविजेता बनेको थियो। नेपाल भने पाँचौंपटक सेमिफाइनल पुगेको थियो।
समूह चरणमा नेपालले पाकिस्तानसँग २-१ गोलले हारेको थियो भने भुटानलाई ४-० र बंगलादेशलाई २-० गोलले हराएको थियो।
भारतसँग २-० ले पराजित भएको मालदिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। श्रीलंकासँग अंक समान भएपछि टसका आधारमा मालदिभ्स सेमिफाइनल पुगेको थियो। मालदिभ्सले भारत र पाकिस्तानबीच हुने खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ।