काठमाडौं- नायक भुवन केसीसँगको सम्वन्ध तोडेको लामो समयपछि सुष्मिता केसीले नयाँ सम्बन्ध जोडेकी छन् । हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गर्दै उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् ।
उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’
सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको हुनसक्छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । किलन ग्यासका धनाढ्य व्यापारी हुन् ।
आपसी असमझदारीका कारण सुष्मिता भुवनसँग केही वर्षअगाडि अलग्गिएकी थिइन् । त्यसयता उनी डेरा लिएर एक्लै बस्दै आएकी थिइन् । भुवन र सुष्मिताका छोरा अनमोल भने बाबुसँग बस्ने गर्छन् ।
सुष्मितासँग छुट्टएिपछि भुवन भने नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् । श्रीमान(श्रीमतीकै रुपमा बसिरहे पनि बिहेको विषयमा भने दुवै मौन छन् ।