कैलाली-कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन्।

चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से. १ ख ११८८ नम्बरको यात्रुबाहक बस शुक्रवार दिउँसो लम्की चुहा नगरपालिका, १ बल्चौर नजिकै दुर्घटना हुँदा बल्चौरकै १४ वर्षका अनिल वादी र महेन्द्रनगर घर भई हाल धनगढी उपमहानगरपालिका, ३ मा डेरा गरि बस्ने ३५ वर्षका परचुङ (पिटर) तामाङको मृत्यु भएको हो।

उनीहरुको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए।

मृतक साईकल यात्री वादीलाई जोगाउन खोज्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।