काठमाडौं- बलिउड सुपरस्टार गोविन्दा काठमाडौँमा आइपुगेका छन्। आइतबार काठमाडौं हुने ‘एलजी फिल्म अवार्ड समारोहमा भाग लिन उनी दिउँसो त्रिविभुवन विमानस्थलमा ओर्लिएका हुन।

गोविन्दाको आफ्‍नी छोरीसँग काठमाडौं आएका हुन। विमानस्थलमा ओर्लिएपछि उनले पत्रकारहरुसँग कुरा गर्दै नेपाल साहस र प्रेमको धर्ती रहेको बताए।
उनले भने, ‘ नेपाल मलाई प्रेम र साहासकी धर्ती हुन। यहाँ आउँदा मलाई प्रेम अनुभूति हुन्छ।’

तीन दिनसम्‍मको बसाइ तय गरेका गोविन्दाले पशुपतिनाथको दर्शन, चन्द्रागिरी हिल्सको अवलोकनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने छन्।

यसअघि उनी नायिका मनिषा कोइरालाको विवाहमा नेपाल आएका थिए। उनकी श्रमती सुनिता आहुजा नेपाली मुलकी हुन्।