एजेन्सी, भदौ ३१ । स्पेनिस ला लिगाको नयाँ सिजनमा लगातार तीन जित निकालेको रियल मड्रिड चौथो खेलमा भने हारबाट मुश्किलले जोगिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको छ ।

अवे मेदानमा भएको खेलमा रियल मड्रिड पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा रियलले पुनरागमन गर्ने प्रयास गरेको हो । लिगमा यो सिजन पहिलो हार नजिक पुगेको रियललाई इस्कोको गोलले जोगायो ।

६३ औँ मिनेटमा इस्काले गोल गर्दै खेलमा १–१ को बराबरी गरेका हुन् । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको चार खेलबाट १२ अंक भएको छ । राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले रियल बेटिससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।