काठमाडौं- सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल जसरी झम्टिनुस् भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी कांग्रेसका सांसदहरुले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका हुन्। सांसद मिनाक्षी झाले प्रधानमन्त्रीले संगठित अपराधीको प्रमुखले जसरी गैरजिम्मेवार अभिव्यक्ति दिएको बताइन्।

‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर संगठित अपराधीको जस्तो बोल्न मिल्छ ? झाले संसदमा प्रश्‍न गरिन्।सांसद मिना पाण्डेले प्रधानमन्त्रीको भनाइ लज्जा जनक भएको उल्लेख गरिन्। उनले प्रधानमन्त्रीले कसलाई भन्न खोजेको हो संसदमा उपस्थित भएर जवाफ दिन माग गरिन्।

सांसद राजन केसीले प्रधानमन्त्रीको बोली अत्न्त आत्तिज जनक रहेको बताउँदै यस्तो अभिव्यक्तिले जनतामा आतंकित पैदा भएको बताए।

संसदको शून्य समयमा केसीले भने, ‘निर्मला पन्तको हत्यारालाई पत्ता लगाउ भन्नु, ३३ किलो सुनकाण्डको छानबिन गर भन्नु, मण्डलालमा प्रर्दशन गर्न पाउनुपर्छ भन्नु अपराध थियो ? प्रधानमन्त्रीको जवाफ चाहियो।’