काठमाडौं- भारतीय अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

एलजी सिने सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका उनले बिहान ९ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटघाट गरेका हुन्।

उनीसँगै निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरीसहितका पनि सहभागी थिए ।

शनिबार काठमाडौं ओर्लिएका उनले आफूसँगै छोरी टिना आहुजालाई समेत नेपाल भ्रमणमा ल्‍याएका हुन्। यसअघि उनले आइतबार पशुपतिनाथमा १ लाख ५६ हजारको विशेष पूजा गरेका थिए। त्यसपछि उनले एलजी सर्कल अवार्डमा छोरीसहित सहभागी भएका थिए।