काठमाडौं – नेपालमा मोबाइल फोन बीमासम्बन्धी सेवा पनि सञ्चालनमा आएको छ ।

मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाइल फोन बीमासम्बन्धी सेवा सञ्चालन गर्ने समझदारी भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको त्यो सेवा लिन मोबाइल फोन धनीले आफ्नो मोबाइलको मूल्यको ५ प्रतिशत रकम बीमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ ।

मोबाइल फोन बीमा गरेपछि कम्पनीले एक वर्षसम्म त्यो मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए/चोरी भएमा मेरो सुरक्षा प्रालिले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरा सुरक्षा प्रालिका प्रमुख कार्यकारी अधिकृतक प्रेम सुनुवारले जानकारी दिए।

कम्पनीले मोबाइल फोन बीमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।