एजेन्सी- भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।
नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएका छन् । नतिजाले सत्ताधारी दल पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन ।
प्रधानमन्त्री थोब्गेले ट्वीटरमा एक सन्देश लेख्दै जनताले प्रारम्भिक चरणमा दिएको मतदान आफ्नो दललाई स्वीकार्य भएको बताए । उनले निर्वाचनमा पहिलो र दोस्रो स्थान प्राप्त गर्न सफल डीएनटी र डीपीटीलाई बधाइ दिए ।
निर्वाचनमा सहभागिता जनाएकोमा भुटान कुएन–न्याम पार्टी (विकेपी) का अध्यक्ष तथा उक्त दलका उम्मेदवारलाई पनि बधाइ दिए । विकेपीले निर्वाचनमा सबैभन्दा कम मतदान ल्याएको छ भने उक्त दलले आगामी चरणमा भाग लिन पाउने छैन ।
भुटानमा सन् २००८ मा प्रजातन्त्रको स्थापनापछि भएको यो तेस्रो संसदीय निर्वाचन हो ।
भुटानी संसदीय निर्वाचनमा विपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को जितलाई शरणार्थी नेताले मुलुकको प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।