काठमाडौं- पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा अकस्मात विरामी भएका छन्।

आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका उनलाई ज्वरोले च्‍यापेपछि उनी घर फर्किएका थिए। घर पुग्‍ने वित्तिकै उनी बेहोस भएका थिए।

उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उन अस्पतालको बेड नम्बर ३०७ बेडमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन्।

चिकित्सकहरुले उनको रगतमा समस्‍या देखिएको बताएका छन्। उनलाई बुधबारसम्‍म अस्पतालमै बस्‍न चिकित्सकहरुले सुझाव दिएका छन्।

यसका साथै उनको स्वासथ्यमा क्रमिक सुधार भइरहेको छ। अहिले नेपाल आइडलको सिजन २ चलिरहेको छ।