एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत बिहान सकिएको खेलमा मड्रिडले रोमामाथि ३–० को जित निकालेको हो ।

रियलको जितमा इस्को, ग्यारेथ बेल र मारियानोले गोल गरे । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पहिलो हाफको अन्तिमतिर रियल मड्रिडले इस्कोको गोलबाट अग्रता बनाएको थियो ।

दोस्रो हाफमा फरक रणनीतिसहित मैदान उत्रिएको रियलका लागि ग्यारेथ वेलले ५८औं मिनेटमा गोल गरे । ग्यारेथको गोलपछि अग्रता दोब्बर बनाएको रियलका लागि खेलको इन्जुरी समयमा मारियानोले उत्कृष्ट गोल ।

मारियानोको गोलसँगै रियल मड्रिडले समुह जी अन्तर्गतको पहिलो खेलमा रोमाविरुद्ध ३ –० को जित निकालेको छ ।