एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

जति माया गर्छन् त्यति नै आदर पनि गर्ने गर्छन् । यसकारण उनले आफ्नी पत्नीलाई लिएर कुनै पनि प्रतिकृया सुन्न चाहादैँनन् ।

एक अन्तरवार्तामा अभिषेकले बताएका छन् कि ऐश्वर्या कसरी आफ्नी छोरी आराध्याकी सवैभन्दा असल आमा बनिन् यसको अलावा अभिषेकले भने जबदेखि उनी आमा बनिन् उनको करियरमा उतार चढाव आएको छ । तर आज पनि ऐश्वर्या आराध्याको लागि सबै कुरा गर्ने गर्छिन् । उनी सुपरमम्मी बनेकी छिन् ।

यो भन्दा पहिले जब ऐश्वर्याले आराध्यालाई जन्म दिएकी थिइन्, त्यतिबेला मिडियाले उनको तौलको विषयमा मुद्दा बनाएका थिए । र उनको बारेमा कति यस्ता कुरा लेखे । जुन अभिषेकलाई बिल्कुलै मन परेको थिएन । तर यस्तो कुराले ऐश्वयौलाई भने कुनै फरक नपर्ने उनी बताउँछन् ।

यसपछि अभिषेकले आफ्नो विवाहित जीवनको बारेमा बताउँदै भने, उनले ऐश्वर्याले कहिल्यैपनि उनको काम र दिनभरको भागदौडको बारेमा कहिल्यै गुनासो नगरेको र उनीहरुबीच कुनै प्रकारको वादविवाद नहुने बताउँछन् ।