काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ। हाल कायम भाडामा १० प्रतिशत मूल्यवृद्धि गरी असाेज ७ बाट लागू गर्ने र २०७५ मंसिर २९ गतेसम्ममा वैज्ञानिक भाडादर समायाेजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको हो।
शनिबार मन्त्रालयमा बसेको नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो।
उक्त निर्णय गरी यातायात व्यवस्था विभागलाई भाडा वृद्धि गर्न सिफारिस गरिएकोे मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।