एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले शनिबार रातिको खेलमा कार्डिफमाथि ५–० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो ।

सिटीको जितमा रियाद मेहरेजले २ तथा  सर्जियो अगुरो, बर्नान्डो डि सिल्भा,गण्डगनले एक-एक गोल गरे।

३२ औं मिनेटमा सर्जियो अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा डि सिल्भाले गोल संख्या दोब्बर बनाएका थिए भने ४४ औं मिनेटमा गण्डगनले टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हापमा थप २ गोल गरेको थियो । ती दुवै गोल रियाद मेहरेजले गरेका हुन् । उनले ६७ औं र ८९औं मिनेटमा दुई गोल गर्दा सिटीको स्कोर ५–० पुगेको थियो ।

शनिबारको नतिजासँगै एक खेल कम खेलेको चेल्सी शीर्ष स्थानबाट तेस्रो स्थानमा आइपुगको छ । ६ खेलमध्ये सिटीले ५ मा जित र एउटामा बराबरी गर्दै १६ अंक पुर्याएको छ ।

५ खेलमा शतप्रतिशत जित निकालेको चेल्सी १५ अंकसहित तेस्रो स्थानमा आएको हो । लिभरपुल ६ खेलमा शतप्रतिशत जित हात पार्दै १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।