काठमाडौं- थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‍घाटन राष्ट्रियसभा गृहमा हुँदैछ।आयोजकका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्‍घाटन गर्ने छन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ।

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र प्रर्यवेक्षकहरु शनिबारदेखि नै काठमाडौं आइपुगेका छन्।थाकसका अनुसार प्रतिनिधि र पर्यवेक्षक गरी एक हजारभन्दा बढी महाधिवेशनमा सहभागी हुँदैछन्।

महाधिवेशनको अवसरमा थाकसले राजधानीमा बिहान १० बजे झाँकी र्‍याली निकालिने संयोजक रामलाल चौधरीले जानकारी दिए। झाँकी र्‍याली भृकुटीमण्डपबाट र्‍याली सुरु भइ टुँडीखेल परिक्रमा गरेर र्‍याली सभागृहमा आइपुग्‍नेछ।

त्यस्तै उद्‍घाटन सत्रमा विभिन्न जिल्लाबाट आएकाहरुले परम्परागत नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ।