काठमाडौ-एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना कुमारी दासको मृत्यु भएको छ। तीजको दर खाने घरमा सुतिरहेको अवस्थामा उनीमाथि एसिड आक्रम भएको थियो।
घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। उनले भने, ‘चिन्ताजनक अवस्थामा सम्झनाको उपचार भइरहेको थियो। तर दुर्भाग्य उहाँलाई बचाउन सकिएन। यो दु:खको कुरा हो।’
चिकित्सकका अनुसार बहिनी सुस्मिताको भने केही दिनमा डिस्चार्ज हुँदैछ। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले दासका छिमेकी रामबाबुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।