काठमाडौं- नेपाल राष्ट्र बैंकले असोज२१ देखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ ।  राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट  साट्ने भएको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने भएको छ ।

राष्ट्र बैंकले बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरुले नायँ नोट सटही गरेका थिए । राष्ट्र बैंले २१ असोजदेखि नयाँ नोट सटही खुल्ला गर्ने भएपनि वाणिज्य बैंकहरुलाई भने १२ असोजमै उपलब्ध गराइने जनाएको छ ।

साथै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट सटही गर्ने साट्ने जिम्मेवारी दिएको छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

त्यसैगरी,कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ । त्यस्तै,राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

गत वर्ष नेपाल बैंक ,राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिएको थियो । गत वर्ष पनि वाणिज्य बैंकहरुले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड,बालाजु सानोठिमी, विशाल बजार,गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार नक्सा लगायतका स्थानबाट नायँ नोट सटही सुविधा उपलब्ध गराएका थिए ।

सर्वसाधारणले सहज रुपमा नयाँ नोट साटहीका राष्ट्र बैंकको थापाथली बाहेक अन्य वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो ।

राष्ट्र बैंकको थापाथली कार्यालय तथाराष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ ।

राष्ट्र बैंकले दशैंलाई लक्षित गरी ६३ अर्व रुपैँया नयाँ नोट बजारमा ल्याउन लागेको छ ।