राहुल गान्धीले भने, ‘मोदी कमान्डर इन थिफ’
काठमाडौ- भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘कमान्डर इन थिफ’को आरोप लगाएका छन्। राफेल विमान सम्झौता सम्बन्धमा फ्रान्सका पूर्व राष्ट्रपति फ्रान्स्वा ओलान्दको कथित बयानलाई लिएर मोदी माथि राहुलले प्रहार गरेका हुन।
उनले ट्विटरमा फ्रान्सका पत्रकारलाई उद्दृत गर्दै भनेका छन्, ‘ मिडियापार्ट नामक वेबसाइटमा स्वयम् रिपोर्टमा उल्लेख छ की ओलान्दो भनाईमा कथित रुपमा राफेल विमानमा सम्झौता गरिएको छ। जसमा अनिल अम्बानीको रिलायन्स कम्पनी डिफेन्सको नाम प्रस्ताव गरिएको छ। तर प्रधानमन्त्री मोदी यसबारेमा सरको कुनै भूमिका छैन भन्दै पन्छिएका छन्। यो मोदीको सरासर झुठो कुरा हो। भित्र एउटा, बाहिर अर्को देखावटी अर्थात कमान्डर इन थिफको व्यवहार गरिहरेका छन्।’
तर, गान्धी तथा कांग्रेस पछिल्लो केही महिनादेखि मोदी सरकारले फ्रान्सको कम्पनी दसाल्टसँग ३६ वटा राफल लडाकू विमान किन्न गरेको सम्झौताभन्दा सरकारी हजारौ रुपैया दुरुपयोग भएको भन्दै आपत्ति जनाउँदै आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
पार्टीले यो पनि दाबी गरेको छ की प्रधानमन्त्री मोदीले सम्झौतालाई आफू अनुकुल फेरबदल गरेर सेनाको लडाकू विमान खरिद गर्न एचएएलसँग ठेक्का लिएर रिलायन्स डिफेन्सलाई दिएको छ। उसले यो प्रक्रिया सरासर गलत र चोरी काम प्रधानमन्त्री मोदीकै निर्देशनमा भइरहेको आरोप लगाएका छन्।