काठमाडौं- नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०१० ओभर फम्र्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान ओइन मोर्गन आइकन खेलाडी कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो ।
सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीपको टिममा विस्फोटक ब्याटम्यान क्रिस गेल, किरण पोलार्ड, तिब्र गतिका बलर जुनैद खान र अलराउण्डर टम कुरान जस्ता स्टार क्रिकेटर रहेका छन् ।
टी–१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् । जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् ।
खेलसँगै चम्कियो कमाई
आइपीएलमा २० लाख भारु आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट सुुरु गरेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ । आईपीएलपछि ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए ।
क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार रुपैयाँ पारिश्रमीक पाएका थिए ।
अफगानिस्तान प्रिमियर लिगमा १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमा अनुबन्ध भई सकेका सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ ।
अन्तर्राष्ट्रिय लिगमा सन्दीपको प्रर्दशन
आइपीएलमा ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीपले क्यानडाका ५ खेलमा ८ विकेट लिए। यस्तै सीपीएलमा सुरुवाती ५ खेल खेल्न पाएका सन्दीपले ७ विकेट लिएका छन् ।
आफु कुन स्तरको बलर हो भनेर अन्तर्राष्ट्रिय क्रिकेट जगतमा आफुलाई प्रमाणित गरिसकेका छन् ।