काठमाडाैं – हास्यरसले भरिपूर्ण छक्कापन्जा ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमापत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि तय गरिएको छ ।

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी रहेका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांनकन, अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रको ट्रेलर अनुसार, यसले विद्यालयमा हुने गरेको राजनीतिलाई उठान गरेको छ ।

निर्माता तथा कलाकार दिपकराज गिरीले यसपटक आफूहरुले ट्रेलरमा बिषयवस्तुलाई खुलाएको बताए । ‘छक्का पन्जा ३’ अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । यस अघि यहि नामबाट २ अाेटा फिल्म निर्माण गरिसकेकाे याे समुहले ‘छक्का पन्जा ३’सफल हुनेमा ढुक्क रहेकाे बताएकाे छ ।

यस चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीत हिट भैसकेको छ । यस्तै, दोश्रो गीत ‘पछि उमेर ढल्केला’ले पनि चर्चा पाइरहेको छ ।प्रायः कमेडी जनरामा बनेका फिल्मलार्इ दर्शककाे साथ रहने गरेकाे छ । यस हिसाबले ‘छक्का पन्जा ३’ दीपक र दीपाका लागि मात्र हैन समग्र टीमका लागि फाइदाजनक नै हुने देखिन्छ ।