काठमाडौँ – ठूला आयोजना निर्माणमा लापरवाही गरेको भन्दै जिल्ला अदालत रौतहटले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

उक्त कन्स्ट्रक्सनले विभिन्न आयोजनाको ठेक्का लिएर काम समयमा पूरा नगरेको भन्दै जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको हो। समयमा काम पूरा नगरेको मात्र होइन, पूरा गरेपनि कमसल बनाउने गरेको आरोप लाग्ने गरेको छ । रौनियारको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटनाका पीडितहरूको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।