काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले पाँचौं पटक आदेश दिएको छ। सर्वोच्चको आदेशबाट छुटेलगत्तै उनले माइतीघर मण्डलामा कोणसभा गरेका छन्।

मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्दा र टंकबहादुर मोक्तानको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो। सर्वोच्चले प्रकाण्ड पटक पटक छाड्न आदेश दिए पनि प्रहरीले तत्कालै समातेर काठमाडौंसहित काभ्रे, नुवाकोट, भोजपुर, दाङ लगायतका जिल्लामा पुर्‍याउँदै आएको छ।

सुरुमा चन्दा असुली आरोपमा पक्राउ परेका विश्वकर्मा त्यसपछि विभिन्न अभियोग लगाएर सरकारले समाउँदै आएको छ। यसअघि उनलाई भदौै १८ गते छाड्न अदालतले आदेश दिए पनि तत्कालै सर्वोच्चकै गेटबाट पक्राउ परेका थिए।