सिराहा- सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सक सर्लाहीको नवलपुरबाट उद्दार भएका छन्।  हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे।

उनलाई  अपहरणकारीले गाडीमा हालेर अपहरण गरिएको भनिएको थियो। तर, उनी  गएराति नै म २ प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए। अपहरणमा परेपश्चात यादवकाे श्रीमतीले अपहरणकारीले गाडीमा हालेर अज्ञात समुहले अपहरण गरेकाे भनि प्रहरीसमक्ष बताएकी  थिइन्।

चिकित्सकले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ। श्रीमतीसँगको सँगको खटपटको कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेको छ।

यादवले सुरुमा अपहरण भने पनि पछि आफैंले नाटक गरेको भनि  प्रहरीसमक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहीले नियन्त्रणमा  लिएर अनुसन्धान थालिएकाे छ।