एजेन्सी- इटालियन सिरी ए मा युभेन्ट्सले लगातार छैटौँ जित हात पारेको छ। लिग लिडर युभेन्ट्सले बोलोग्नोलाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ।
घरेलु मैदानमा भएको खेलमा ओल्ड लेडीका लागि पाउलो डिबला र ब्लइस मटुइडीले एक-एक गोल गरे। जितपछि ६ खेलबाट १८ अंक जोडेको युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा आसिन छ।
पार्मालाई ३-० ले पराजित गरेको नेपोली १५ अंकसहित दोस्रो स्थानमा छ। घरेलु मैदानमा नेपोलीका लागि अरेक मिलिकले दुई तथा लेरेन्जो इनसिग्ने एक गोल गरे।