काठमाडौं – नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियामा भएको छलफलमा नेपाल र मलेसियाका अधिकारीबीच श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

सहमती दुवै देशका हितमा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् । कामदारको हकहित र सुरक्षाका चासोका विषयहरु दुवै देशका सम्बोधन भएको दूतावासले जनाएको छ ।

नेपाली कामदार शून्य लागतमा जान पाउने भएपछि अरु विषयमा नेपालले सहमति जनाएको छ । सहमतिमा कामदारको लागत रोजगारदाता कम्पनीले नै ब्यहोर्ने सहमति भएको छ ।

दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरेपछि कुटनीतिक माध्यमबाट हस्ताक्षरको मिति यथाशक्य तय गरी सम्झौता हुनेछ । सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरन नेपाल आउने छन् ।