प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, टोटेनह्याम, आर्सनल, एभर्टनले जित दर्ता गर्दा म्यान चेस्टर युनाइटेड भने पराजित भएको छ । सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई, आर्सनलले वार्टफोर्डलाई र टोटेनह्यामले हडर्सफिल्ड टाउनलाई समान २–० ले हराउँदा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएको छ।

सिटीलाई घरेलु मैदानमा जित दिलाउन रहिम स्टेर्लिङले पहिलो हाफ र सर्जियो अगुइरोले दोस्रो हाफमा गोल गरेका थिए । क्राइग चाटकार्टको आत्मघाती गोल बाट आर्सनलले अग्रता लिएको खेलमा मेसुट ओजिलले अर्को गोल थपेका थिए । टोटेनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरे । उनले दोस्रो गोल पेनाल्टीमा गरे ।

युनाइटेडले फेरि एकपटक हार बेहोरेको छ । फिलिपे एन्डरसनको गोलमा अग्रता लिएको वेस्ट ह्यामका लागि भिक्टोर लिन्डफोफले आत्मघाती गोल गरेका थिए । मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन कोसिस गरेपनि मार्को अर्नुटोभिकले गोल गरेपछि युनाइटेड खेलमा फर्कन सकेन ।

अन्य खेलमा एभर्टनले फुलह्यामलाई ३–० ले लेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई र उल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्टनलाई समान २–० ले हराएको छ । शनिबारको नतिजापछि सिटी १९ अंकका साथ शीर्षस्थानमा उक्लेको छ । टोटेनह्याम र आर्सनलको समान १५ अंक छ । यनाइनेड भने १० अंकका साथ १० औं स्थानमा छ ।