एजेन्सी – इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय आठ पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा पाँच सयजना घाइते भएको बताइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रम पनि जारी छ । प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने देखिएको छ ।

सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् । यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् ।

इण्डोनेसियाको तटीय शहरमा शुक्रबार ७ दशमलव ५ म्याग्निच्यूडको भूकम्पपछि शक्तिशाली सुनामीले आएको हो ।