धनगढी – प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरिएपछि आह्वान गरिएको आमहडतालको प्र्रभाव आइतबार बिहानै देखिएको छ ।
नगारिक समाज संघर्ष समितिले शनिबारदेखि गरेको आमहडतालका कारण आज पनि बिहानैदेखि धनगढी सुनसान बनेको छ । हडतालका कारण उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहेका छन् । दशैको मुखैमा भएको बन्दका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
संघर्ष समितिका संयोजक हरि रेग्मी प्रदेश ७ को विकास हुन नदिन वनमाफिया र भूमाफियाको प्रभावमा परेर धनगढीबाट जंगलका बीचमा राजधानी सार्ने निर्णय गरिएको बताउँछन् । त्यो स्वीकार्य नहुने बताउँदै निर्णय नसच्चिदासम्म बन्द आमहड्ताल फिर्ता नहुने उनले बताए ।