काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले जित दर्ता गरेकाे छ। अाफ्नाे पहिलाे खेलमा अाइतबार संकटाले सरस्वती युथ क्लबलाई १-० गाेलले पराजित गर्दै विजय सुरूवात गरेकाे हाे।

खेलकाे अतिरिक्त समयमा जाेगाउन नसक्दा सरस्वती युथ क्लब अंक बिहिन हुनु पर्याे । खेलकाे ९० मिनेट गाेलरहित बराबरी भएकाे थियाे । इन्जुरी समयमा संकटाका लक्ष्मण रूचालले गाेल गरे ।

३ अंक जाेडेकाे संकटाले ५० हजार रूपैयाँका समेत पायाे । संकटा लिगकाे शिर्ष स्थानमा उक्लिएकाे छ। बंगबन्धुका गाेल्ड कपमा सहभागी हुन राष्ट्रिय टाेली ढाका गएका कारण साेमबारदेखि लिगका खेल केहि दिनका लागि स्थगित गरिएकाे छ ।