काठमाडौं – मलेसियामा हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । छनोट अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुनेछ ।

टोलीमा ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । त्यस्तै युरोप भ्रमणको बेला हातमा चोटका कारण एसिया कप छनोट गमाएका शरद भेषावकरले पनि टोलीमा पुनरागमन गरेका छन् । ईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको हो ।

नेपाली टोली

१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान )
३. अनिल कुमार साह
४.बसन्त रेग्मी
५.बिनोद भण्डारी
६.दिपेन्द्र सिंहऐरी
७. करन केसी
८.ललित भण्डारी
९.ललित राजबंशी
१०.मोहमम्द आरिफ शेख
११.प्रदिप ऐरी
१२.सन्दीप लामिछाने
१३.शरद भेसावकर
१४. सोमपाल कामी

बैकल्पिक खेलाडी – सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ शाहब आलम

प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक स् एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट

यसैबीच, नेपाली टोली सोमबार दिउसो १ बजे मलेसिया प्रस्थान गर्ने बताइएको छ ।