काठमाडौँ – आयुष्मान र प्रियंकाको माया र प्रेमको चर्चा अहिले शिखर चुलिएको छ । उनीहरु एकअर्काको मायामा बाँधिनु पाएकोमा धेरै मख्ख छन् । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट पनि गरिसकेका छन् । कार्य व्यस्तताका करण उनीहरु अर्को वर्ष मात्र बिवाह बन्धनमा बाँधिने खबर बाहिर आएको छ ।

नायिका प्रियंका कार्कीले केही समय अघि मात्रै नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान को जोडी प्रियंका कार्की संग बाँधिने भएको छ । यस चलचित्रको निर्देशन योगेश घिमिरेले गर्ने भएका छन् । (‘हामीले रियल लाइफ जोडी भएर वा कसैको दबाबमा आएर आयुष्मानलाई लिएका होइनौ । यो म्यूजिकल लभ स्टोरी चलचित्र हो । यसमा आयुष्मान पोख्त लागेर लिएका हौ ।’ भनेर निर्देशक घिमिरेले बताए । प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन भएको छ ।

यस चलचित्रमा एक जना नव नायकको पनि आगमन हुनेछ । उनलाई पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरिने घिमिरेले बताए । पूर्वको बिभिन्न रमणिय स्थानमा कात्तिकको ८ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।

चंगाचेट, एउटा यस्तो प्रेम कहानी’ ‘कथा काठमाण्डु, जस्तो चलचित्रमा प्रियंका र आयुष्मानले एकसाथ काम गरिसकेका छन् ।