काठमाडौं – भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार नेपाल र बंगलादेश भिड्दै छन् । दुवै टोलीले सुरुआती खेल जितेका छन् ।

रेखा पौडेलले ७ गोल गरेपछि नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ । पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ भने बंगलादेश र नेपाल सेमिफाइनल पुगिसकेका छन् ।

यस खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ । खेल बराबरीमा सकिएको खण्डमा बंगलादेश समूह विजेता हुनेछ । प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् ।  भुटान र भारतले १/१ जित दर्ता गरेका छन् ।